शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले काँक्राको कलिलो चिचिलो होइन, जसलाई औँला ताक्ने बित्तिकै कुहिन्छ : ओली


  • बिहिबार, साउन ७ २०७८
9.6K
SHARES

फाइल तस्विर

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने बताएका छन् । ‘यो काँक्राको कलिलो चिचिलो होइन, जसलाई औँला ताक्ने बित्तिकै कुहिन्छ,’ पुष्पलाल श्रेष्ठ स्मृति दिवसमा ओलीले भने, ‘पुष्पलालजस्ता आदर्श व्यक्ति, मदन भण्डारीजस्ता आदर्श व्यक्तित्वबाट प्रशिक्षित विचार र आन्दोलन हो । यो स्वार्थहरुको गठबन्धन होइन । समृद्ध नेपाल र सुखी नेपालीको गहन अभिभारा बोकेको र अगाडिका चुनौती सामना गर्ने हिम्मत भएको आन्दोलन हो ।’

ओलीले कम्युनिष्ट पार्टीमा नेतृत्वलाई घेराबन्दी गर्ने सिलसिला पुरानै रहेको बताए । ‘नेपालको इतिहासमा नेतृत्वमाथि प्रहार सधैं हुन्थ्यों । विगतमा पुष्पलाललाई आफ्नैले घेराबन्दी गरेका थिए । जुन सिलसिला कम्युनिष्ट पार्टीभित्र अहिले पनि कायम छ । नेतृत्वलाई बदनाम गर्ने, घेराबन्दी गर्ने काम अहिले पनि चलिरहेको छ,’ पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले भने,‘आजको नेकपा एमालेमा यो सिलसिला अन्त्य गर्नेछ । हामी आन्दोलनलाई फेरि सही दिशामा अघि लैजान्छौं । पुष्पलाल र मदन भण्डारीले अघि सारेका विचारका आधारमा नयाँ ढंगले हाम्रो आन्दोलन अघि जान्छ । ’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा