
काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ४, बालुवाटारमा रहेको कस्मोपोलिटन सेकेण्डरी स्कूलले विश्व वातावरण दिवसको अवसरमा सरसफाइ र्याली गरेको छ ।
बुधबार विद्यार्थीहरुको सहभागीतामा बिहान ११ देखि १ बजेसम्म सरसफाइ र्याली गरेको हो ।
कक्षा ३ देखि ९ कक्षासम्मका विद्यार्थीहरुको सहभागीतामा विशालनगर हुँदै टुडाल देवी मन्दिर, पञ्चकन्यासम्म सरसफाइ र्याली गरिएको प्रिन्सिपल विष्णु कुमार पाण्डेले बताए ।
र्याली पश्चात विद्यार्थीहरु विचमा ग्लोबल वार्मिङ्ग विषयक स्पिच कम्पिडिसन गरिएको थियो । उक्त विषयमा विद्यार्थीहरुले आफ्नो मत व्यक्त गरेका थिए ।
विजयी विद्यार्थीहरुलाई बुधबार नै विद्यालयको तर्फबाट पुरस्कृत गरिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।