शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

अब दाङमा बन्ने भयो ठुलो रंगशाला


  • बुधबार, जेष्ठ २२ २०७६
28K
SHARES

घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।

चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर्माण समिति बनाएर काम शुरु भएको छ ।

उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार करौती डाँडामा बन्न लागेको बहुउद्देश्य खेलकूद रङ्गशालामा फुटबलका साथसाथै विभिन्न खेल खेल्न संरचना तयार गरिनेछ ।

रंगशालाभित्र मात्रै करीब २०० मिटरको लम्बाइ र १५० मिटरको गोलाइसहितको मैदान तयार पारिनेछ । नेत्रलाल अभागी बहुउद्देश्य रङ्गशाला नामकरण गरेर बनाउन शुरु गरिएको उक्त खेलकूद मैदानको सम्पूर्ण संरचना तयार हुन करीब रु २७ करोड लागत लाग्ने अनुमान गरिएको छ । रङ्गशालाको स्टेडिएम नै ५० देखि ६० हजार दर्शक अट्ने खालको बनाइन लागिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख नरुलाल चौधरीले रङ्गशाला राष्ट्रियस्तरको हुने बताउनुभयो । चालू आवको बजेटअनुसारको काम गर्नका लागि रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरी काम गर्न थालिएको उहाँले जानकारी दिनुभयो । नेत्रलाल रङ्गशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले रङ्गशाला निर्माणको काम क्रमागत भएको हुँदा प्रत्येक बर्ष प्रदेश सरकारले बजेट पठाउने विश्वास व्यक्त गर्नुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा