नेपाली कांग्रेसको क्रियाशील सदस्य वितरणमा धाँधली भएको भन्दै जनकपुरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।
प्रक्रिया विपरीत सदस्यता वितरण भएको आरोप लगाउँदै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता एवं कार्यकर्ताले रिले अनसन थालेका हुन् ।
काठमाडौँमा पाँच दिनदेखि नेपाली कांग्रेस धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा छन् ।
उनकै समर्थनमा जनकपुरमा पनि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बस्ने गरी अन्सन जारी छ । तरुण दलको केन्द्रीय सदस्य नरेश यादवका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यताको वितरण गरेको छ ।
जिल्लाबाट पठाएको प्रतिवेदनको आधारमा सदस्यता वितरण हुनु पर्ने र प्रक्रिया विपरीत वितरण गरिएको सदस्यता रद्ध गर्नुपर्ने उनको माग छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।