सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी, राष्ट्र बैंक भन्छ : हाम्रो सिस्टम कमजोर छैन


  • बिहिबार, साउन ७ २०७८
8.8K
SHARES

फाईल तस्बिर

नेपाल राष्ट्र बैङ्क सहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको इमेल र फोन आएको समाचार बाहिरिएका छन् ।

ह्याकरले केन्द्रिय बैंक लगायत अन्य बैंकका अधिकारीहरुलाई पठाएको भनिएको इमेलमा विभिन्न बैंकहरुको सिस्टम ह्याक गर्ने भन्दै चेतावनि दिइएको थियो।

उक्त इमेल भाइरल भए लगतै नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकाललाई बिहीबार बिहान आएको अन्तराष्ट्रिय कलमा समेत ुयोर सिस्टम ह्याज बिन ह्याक्डु भनेर फोन काटियो।

ह्यकरले केन्द्रिय बैंकका प्रबक्ता ढकाल र सह प्रबक्ता नारायणप्रसाद पौडेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई बैंकिङ्ग सिस्टम ह्याक गर्ने भन्दै धम्किपुर्ण इमेत पठाएको थियो। उक्त पत्रमा ह्याकरले यस कुरालाई मजाकको रुपमा नलिन समेत भनेको छ।

फेक हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन। कोही पनि आतंकित हुनुपर्ने आवश्यकता छैन।”

उक्त पत्र भाइलर भएपछि केन्द्रिय बैंक लगायत अन्य बैंकहरुले पनि प्रणाली निगरानी गरिरहेका छन्। केन्द्रिय बैंकले कुनै पनि बैंकको डेटा यति सजिलै ह्याक हुन नसक्ने भन्दै ढुक्क हुन आग्रह गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा