नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट पारेका छन ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ ।’
पार्टी नेताभन्दा नीति प्रधान हुनुपर्छ, गलत कुरा सहेर बस्दा दास प्रवृत्ति मौलाउँछ भन्दै उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ ।’
आफूले बनाएको घर छाडेर कोही पनि निस्कन नचाहने भन्दै उनले भने, ‘नेतृत्व सुध्रिन चाहन्छ भने ठीक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन । नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ । असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।