पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन् ।
उनले सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।