शनिबार, साउन ३० २०८३
ताजा अपडेट

वीपी ‘भर्सटाइल’ नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा


  • बुधबार, साउन ६ २०७८
10K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरला ‘भर्सटाइल नेता’ भएको बताएका छन् ।

वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा वीपीको योगदान अतुलनीय रहेको बताएका हुन् ।

‘वीपी कोइराला अलराउण्डर नेता हो । राजनीतिमा पनि नम्बर वान, साहित्यमा पनि नम्बर वान । वीपी सानो देशको ठूलो मान्छे हुनुहुन्छ’, देउवाले भने ।

वीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै देउवाले वीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने बताए । ‘वीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्छ । वीपीलाई सम्झना गर्दा पनि हामीले धेरै प्रेरणा पाउछौं’, देउवाको भनाइ छ ।

अन्तरक्रियामा कांग्रेस नेता प्रदीप गिरीले वीपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालीन विश्वमै अनुकरणीय रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा