निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका समाचार बाहिर आएका छन् ।
परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं कक्षा ११ देखि माथिका कक्षाहरु चलाउँदै आइरहेका कलेजहरुले भने कक्षा ११ र स्नातक तहमा भर्ना लिन थालेका छन् ।
कक्षा ११ मा प्रि एडमिसन नाम दिएर भर्ना शुरु गरेको पाइन्छ । स्नातक तहमा भने एडमिसन भनेर बीबीए, बीएचम, बीबीएस लगायतको संकायमा भर्ना शुरु गरेको पाइन्छ । उपत्यकाका अधिकांश माध्यामिक विद्यालय, कलेजहरुले भर्ना खुला गरिएको सूचना आफ्ना वेबसाइटहरुमा राखेको देख्न सकिन्छ ।
एसईईको नतिजा नआइ भर्ना लिन थालेको काठमाडौं महानगरको शिक्षा शाखामा गुनासो आएपछि नतिजा नआइ भर्ना नलिन सूचना जारी समेत गरिएको अबस्था छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।