नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नयाँ प्रधानमन्त्री शेरबहादु देउवालाई बधाई दिदै कूल आयातको न्युनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप चेम्बरका व्यवसायी, यातायात व्यवसायी र देशको अर्थतन्त्र माथि उठाउन योगदान गरेका व्यक्तिहरुलाई दिन माग गरेका छन् ।
नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु तथा सदस्यद्धारा आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भेटवार्ता गरि बधाइ दिदै खोप माग गरेको हो ।
मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउदै खोपको माग गरेका हुन् ।
निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि मल्लले बताए । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् ।
कोभिडको खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको छ । निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने प्रधानमन्त्री देउवाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।