मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

फेसबूकलाई एप्पलको सजाय, रिसर्च एप बन्द


  • मंगलबार, साउन ५ २०७८
11.7K
SHARES

फाइल तस्विर

अमेरिकी कम्पनी एप्पलले आफ्नो प्लेटफर्मबाट फेसबूकको रिसर्च एप हटाइदिएको छ । यसको कारण एक रिपोर्ट थियो । उक्त रिपोर्टमा फेसबूक आफ्नो रिसर्च एपको माध्यमबाट प्रयोगकर्ताको रुट एक्सिस प्राप्त गर्नका लागि प्रयोग गरिरहेको छ ।

फेसबूकले प्रयोगकर्तालाई प्रतिमहिना २० अमेरिकी डलर भुक्तानी दिएर उनीहरुको डाटाहरु संकलन गरिरहेको विवरण रिपोर्टमा सार्वजनिक भएको थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि एप्पलले फेसबूकबाट नियम उल्लंघन भएको भन्दै फेसबूक रिसर्च एप बन्द गरिदिएको हो ।

एप्पले रिसर्च एप बन्दसँगै फेसबूकलाई दिएको इन्टरप्राइज सर्टिफिकेट पनि रिवोक गरिदिएको छ । इन्टरप्राइज सर्टिफिकेटअनुसार एप्पलले एप स्टोरबाट इन्सट्लन नै नगरी फेसबूकलाई अनिवार्य एपजस्तै गरी आफ्ना प्रोडक्समा सामेल गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा