शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपाल कम्युनिस्ट आन्दोलनकै गद्दार, त्यसैले एमालेमा ठाउँ छैन : ओली बटमलाइन


  • मंगलबार, साउन ५ २०७८
10.1K
SHARES

फाईल तस्बिर

ओली निकट  नेताहरुका अनुसार  हिजो सोमबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओली ‘माधव नेपालसँग कुनै हालतमा एकता हुन्न’ भन्ने मुडमा प्रस्तुत भएका थिए ।

नेता नेपाल नेपाली कम्युनिष्ट आन्दोलनकै गद्दार भएको दोहोर्‍याएका ओलीले अघि भनेका छन्, ‘अरु साथीहरु आत्मालोचना गरेर कमजोरी स्वीकार गर्दा हुन्छ, तर माधव नेपालले जे गरे पनि ठाउँ छैन ।’

आइतबार मात्र तत्कालीन कार्यदलका सदस्यहरुसँग भएको भेटमा नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको सुनाउँदै उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने अपराध गर्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’

एक नेताका अनुसार माधव नेपाल समूहमा देखिएको मतभेदले पनि ओलीलाई उनीबाहेकका नेतालाई एकतावद्ध गरेर अघि बढ्ने निर्णयमा पुर्‍याएको हुनसक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा