शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

माधव नेपाल समूहको भेला बस्दै


  • मंगलबार, साउन ५ २०७८
8.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदको भेला नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिए।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

यद्यपी अहिलेसम्म आफूहरूलाई उक्त विषयमा पत्र नआएको ती नेताले दाबी गरे।

‘हामीले अहिलेसम्म पत्र पाएका छैनौं, कारबाही र स्पष्टिकरणबारे थाहा छैन’, ती नेताले भने।

एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था  कुनै पनि स्पष्टिकरण र कारबाहीबारे अर्थ नहुने ती नेताले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा