शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

फोन ह्याक गर्ने के हो पेगासस ?


  • मंगलबार, साउन ५ २०७८
11.2K
SHARES

साङ्केतिक तस्बिर

अमेरिकाको वासिङ्टन पोष्ट, भारतको समाचार वेबसाइट ‘द वायर’ लगायत सञ्चारमाध्यमले एउटा खबर प्रकाशित गर्दै दाबी गरेको छ – विश्वभरका कयौँ पत्रकार, नेता, कुटनीतिज्ञ र सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएको छ । यद्यपि, ‘पेगासस’ नाम गरेको जुन ‘स्पाइवेयर’ को प्रयोग गरेर फोन ह्याक गरेको समाचार बाहिर आएको छ, त्यसलाई तयार गर्ने कम्पनी एनएसओले भने सबै आरोपलाई अस्वीकार गरेको छ ।

यस प्रोग्रामलाई केवल ‘जाँच र परीक्षण गरिएपछि’ सरकारहरूलाई मात्र बिक्री गरिने कम्पनीको दाबी छ । मिडिया रिपोर्टका अनुसार भारतका पत्रकार र अन्य विशिष्ट व्यक्तिहरूको फोनलाई इजरायलमा निर्मित यस सफ्टवेयरको माध्यमबाट ह्याक गरियो र उनीहरूको निगरानी गरियो ।

यो एउटा सर्भेलेन्स सफ्टवेयर हो जसलाई इजरायलको सुरक्षा कम्पनी एनएसओ ग्रुपले तयार गरेको हो । यसको प्रयोग गरेर कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि नजर राख्न सकिन्छ । यसलाई लक्षित व्यक्तिको फोनमा इन्स्टल गरिन्छ र त्यसपछि फोनलाई ‘रिमोट कन्ट्रोल’ गरिन्छ । यो रिमोट एक्सेस ट्रोजनको जस्तै काम गर्छ ।

जेरुसेलम स्थित द इन्स्टीट्यूट फर नेसनल सेक्युरिटी स्टडिजसँग जोडिएका साइबर सुरक्षा विशेषज्ञ कर्नर गाबी सिबोनीका अनुसार ‘यो कसरी काम गर्छ भन्ने अधिक जानकारी उपलब्ध छैन । यो निकै उन्नत सफ्टवेयर हो जसलाई एनएसओले विकास गरेको हो ।’ यसलाई बनाउने कम्पनी एनएसओको गठन सन् २००९ मा भएको थियो र यसले निकै उन्नत निगरानी टूल बनाउँछ । विश्वका कयौँ देशको सरकार यसको ग्राहक छ ।

एनएसओको दाबी छ कि यो सफ्टवेयरलाई केवल सरकार र सरकारी एजेन्सीलाई मात्र दिइन्छ । सार्वजनिक जानकारीका अनुसार पनामा र मेक्सिकोको सरकारले यसको प्रयोग गर्दछ । कम्पनीका अनुसार यसलाई प्रयोग गर्ने ५१ प्रतिशत सरकारी जासुसी एजेन्सीहरू रहेका छन् भने ३८ प्रतिशत कानुन लागू गर्ने एजेन्सी र ११ प्रतिशत सेना रहेका छन् । एनएसओका अनुसार आतंकवादीमाथि नजर राख्न र आतङ्कवादी घटनाहरूलाई रोक्ने उद्देश्यले उसको विकास गरिएको हो । भारत सरकार यसको ग्राहक हो कि होइन भन्ने अझै पुष्टि हुन बाँकी छ ।

आमरुपमा यो गोप्य सम्झौता अन्तरगत निर्यात गरिन्छ । कम्पनी अलग–अलग सरकारलाई अलग–अलग मूल्यमा यो सफ्टवेयर उपलब्ध गराउँछ । गाबी सिमोनीका अनुसार यसको जानकारी सार्वजनिकरुपमा उपलब्ध छैन । बीबीसी हिन्दीबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा