मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

२२ सांसदलाई पुगेन एमालेको स्पष्टीकरण पत्र, कारवाही गरिए मुद्दा हाल्ने नेपाल पक्षको चेतावनी


  • मंगलबार, साउन ५ २०७८
6.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, तोकिएको समय घर्किनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन ।

सांसद कल्याणीकुमारी खड्काले आफूले अहिलेसम्म स्पष्टीकरण पत्र प्राप्त नगरेको बताइन् । ‘मलाई अहिलेसम्म आएको छैन् स्पष्टीकरण सोधिएको बाहिरबाट सुनेका चाहिँ हौं।’उनले भनिन् ।’

अर्की सांसद समिना हुसेनले पनि आफूलाई कुनै स्पष्टीकरण पत्र प्राप्त नभएको बताइन् । स्पष्टीकरण पत्र आएमा अदालतको मानहानी गरेको मुद्दा हाल्ने उनले चेतावनी दिइन् ।

सर्वोच्च अदालतले संविधानको ७६ को (५) अनुसार सदनमा सांसदलाई दलको ह्वीप नलाग्ने व्याख्या गरिसकेकाले आफूहरूलाई कुनै कारवाही गर्न नमिल्ने हुसेनको जिकिर छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र आज पठाउने बताए । ‘आज पठाउँदै छौं,’ तामाङले भने, ‘सबै औपचारिकता पूरा गरेरै स्पष्टीकरण पत्र पठाउँछौं ।’

एमालेको केन्द्रीय कमिटीको १० औं बैठक आज पनि बस्दैछ । दिउँसो च्यासलमा बस्ने बैठकले कारवाहीसम्बन्धी निर्णय लिने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा