मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

एमाले वरिष्ठ नेता नेपालसँग दाहाल र यादवको छुट्टाछुट्टै भेटवार्ता


  • मंगलबार, साउन ५ २०७८
6.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

बिहान कोटेश्वरस्थित नेपाल निवासमा दाहालले उनीसँग ४५ मिनेट जति कुराकानी गरेका हुन् । भेटमा दाहालले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेको बुझिएको छ ।

दाहाललाई ९ बजेतिर नेपाल निवासबाट बाहिरिएपछि जसपा अध्यक्ष यादब पुगेका थिए । यादवसँग के कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।

यद्यपि ओली सरकार ढाल्न एकजुट भएका सबै सरकारमा सहभागी भएर जनतामा सकारात्मक सन्देश दिनपर्ने भन्दै उनीहरुले नेपाललाई आग्रह गर्दै आएको जनाइएको छ । तर नेपाल पक्षका कतिपय नेताहरु एमालेमै रहेर संस्थागत निर्णय बिना सरकारमा जान नहुने पक्षमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा