शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमाले अध्यक्ष ओली र विप्लवबीच बालकोटमा भेटवार्ता


  • मंगलबार, साउन ५ २०७८
8.3K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ ।
आज विहान ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ ।

भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए ।
ओली नेतृत्वकाे अघिल्लाे सरकारसँग सम्झाैता गरी शान्तिपूर्ण राजनीतिमा आएकाे चन्द नेतृत्वकाे नेकपासँग त्यतिबेला भएका सहमति कार्यान्वयनका लागि विप्लवले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् ।

एक साताकाे बीचमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा