नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
सोमबार ललितपुरको च्यासलमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिएको बताए । यद्यपि त्यो आवश्यक नरहेको ओलीको भनाइ थियो ।
ओलीले भने, ‘अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनहोस् ।’ एकता जोगाउन आग्रह गर्दा माधव नेपालले रावललाई हप्काएर पठाएपछि रावलले राजीनामा दिएको ओलीले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।