शनिबार, साउन ३० २०८३
ताजा अपडेट

स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस


  • सोमबार, साउन ४ २०७८
15.7K
SHARES

फाइल तस्वि

स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

सोमबार विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

बढुवा समितिले बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमश: पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो ।

समितिको सिफारिसपछि सम्भवत अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य समूहको सचिवको टुंगो लगाउने छ ।

तत्कालिन स्वास्थ्य सचिव डा‍. पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो । त्यसयताको झण्डै साढे तीन बर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूह भन्दा बाहिरका सचिवले काम गरेका थिए ।

प्रतिस्पर्धामा रहेका तीन जनामध्ये श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ । उनी आगामी १७ साउनमा अवकाश हुँदैछन् । डा. पोखरेल र डा सिंहको कार्यकाल भने तीन बर्ष भन्दा बढी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा