भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।