चिकित्सकमाथि कुटपिटको विरोधमा झापाको भद्रपुरस्थित मेची अस्पतालका चिकित्सकहरु आन्दोलित भएका छन् । आइतबार बेलुका इमर्जेन्सी वार्डमा कार्यरत डाक्टर केवल कपुरीमाथि झापा हल्दीबारीका पुष्पराज निरौलाले हातपात गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
निरौलाले एक महिलालाई उपचारका लागि अस्पतालमा ल्याएका थिए । इमरजेन्सीमा बिरामीलाई हेर्न ढिलो गरेको भन्दै उनले चिकित्सक कपुरीमाथि हातपात गरेको जनाइएको छ ।
सहकर्मी कुटपिटको विरोधमा सोमबार चिकित्सकहरुले अस्पतालको ओपीडी सेवा बन्द गरेका छन् । हातपात गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै काममा नगएको मेची अस्पतालमा कार्यरत डाक्टर आयुस गुरागाईंले बताए । प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही नगरेसम्म काममा नफर्किने उनले बताए ।
असुरक्षाका कारण चिकित्सक काममा नआएपछि सोमबार ओपीडी सेवा बन्द भएको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टङ्कप्रसाद बाराकोटीले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।