शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ


  • मंगलबार, जेष्ठ २१ २०७६
23.3K
SHARES

काठमाडौं ।

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नागरिकमा अफवाह फैलाएको अभियोगमा अर्जुन क्षेत्री भनिने अर्जुन थापालाई नियन्त्रणमा लिएको हो ।

उनले यूटुब भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा