शिव भनेको ईश्वरको एउटा नाम हो । लिङ्ग भनेको संस्कृत शब्द हो जसको अर्थ चिन्ह हो । शिवलिङ्गको अर्थ हुन्छ ईश्वरको कल्याणकरी स्वरूपको प्रतिक ।
लिङग पुराण अनुसार शिवलिङ्ग बास्तबमा निराकार चिन्ह हो, सम्पुर्ण प्राणीहरुको सिर्जनाको आधार हो । यो ब्रह्माण्डमा जति पनि सृजित बस्तु छन ती सब प्रकृती र पुरुषको संयोजनबाट बनेका छन ।
शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परम पुरुष भएकाले यसलाई लिङ्ग भनिएको हो । स्कन्द पुराणमा आकाश स्वयंम लिङ्ग हो भनिएको छ । शिवलिङ्ग वातावरण सहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिङ्ग हो ।
शिवलिङ्गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिङ्गको अर्थ लिङ्ग वा योनी होइन । वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई फरक-फरक भाषामा भिन्न-भिन्न अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिङ्गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिङ्ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।
वास्तवममा शिवलिङ्ग हाम्रो ब्रह्माण्डको आकृति हो ।शिव शम्भु आदि र अन्तका देवता हुन् उहाँको न कुनै स्वरूप हुन्छ न आकार उहाँ निराकार हुनुहुन्छ । आदि, अंत नभएको कारण लिङ्गलाई शिवका निराकार रूप मानिएको हो तेसैले शिवको साकार रूप मानी भगवान शंकर मानेर शिवलिङ्ग रूपको पूजा गरिएको हो । केवल शिव लाई नै निराकार लिङ्गको रूप मा पूजा गरीन्छ ।
वेदमा उल्लेख भएअनुसार वेद र वेदान्त मा लिङ्ग शब्द सूक्ष्म शरीर को लागी हो यो सूक्ष्म शरीर १७ तत्वले बनेको हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, र पाँच वायु। वायु पुराण को अनुसार प्रलयकालमा समस्त सृष्टि जहाँ लीन हुन्छ र पुनः सृष्टिकालमा जहाँबाट प्रकट हुन्छ तेसैलाई लिङ्ग भनिन्छ । यस प्रकार विश्व को सम्पूर्ण ऊर्जा नै लिङ्गको प्रतीक हो । -पत्रपत्रीकाको सहयोगमा