शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

संसदमा आज ओली आएको भए खुसी हुन्थेँ: देउवा


  • आइतबार, साउन ३ २०७८
11.4K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रतिनिधि सभामा आएको भए आफू खुसी हुने बताएका छन्।

ओली प्रधानमन्त्री हुँदा सधैं आफू बैठकमा आएको बताउँदै प्रधानमन्त्री देउवाले के ओली कारणले नआएको हो थाहा नभएको बताए।

‘उहाँ (ओली) बोल्दा म सधैं यहाँ आएको छु,’ देउवाले भने, ‘पहिले मनमोहन अधिकारी म बोल्दा पनि आउनुहुन्थ्यो उहाँ बोल्दा पनि म दौडेर आउँथेँ।’ ओली प्रतिनिधि सभा भवन गए पनि बैठकमा अनुपस्थित थिए।
देउवाले विश्वासको प्रस्तावका पक्षमा मत दिने बताएका सबै दल तथा नेतालाई धन्यवाद दिएका छन्। उनले आज प्रतिनिधि सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बोल्ने ठाने पनि नबोलेको बताए।

प्रधानमन्त्रीले आफूले विपक्षलाई आक्रमण गर्ने पक्षमा नरहेको पनि बताए। एमाले सांसद प्रदीप ज्ञवालीतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले ‘धेरै आक्रमण गर्नुहोला भन्ठानेको गर्नुभएन’ भनेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा