प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउने निश्चित भएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिने जानकारी गराइसकेकोले देउवाको पक्षमा बहुमत पुग्ने निश्चित भएको हो ।
२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसको ६१ , माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२ गरी देउवाको पक्षमा १ सय ४१ मत पुगेको छ । त्यसबाहेक राष्ट्रिय जनमोर्चाको १ , स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसदले पनि देउवालाई विश्वासको मत दिदैछन् । यसरी देउवाको पक्षमा नेकपा एमालेको माधव नेपाल पक्षबिनै १ सय ४३ मत निश्चित भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।