जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा मत दिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ठाकुरले देउवाले चिठी पठाएर भोट मागेकाले आफ्ना माग पूरा गरिदिने वाचासहित देउवाको समर्थनमा मत दिने बताए ।
जब प्रधानमन्त्रीको निर्वाचन वा नियुक्तिको प्रसंग आउँछ तब, आफूलाई आफ्नो पार्टी पनि प्रताडित र घायल भएको महसुस हुने ठाकुरले बताए । ‘हामीले सुशील कोइरालालाई मत दिँदा पनि बदलामा हाम्रो आन्दोलन कमजोर भएको थियो,’ अध्यक्ष ठाकुरले भने, ‘हामी आन्दोलनमा यही संविधानको विरुद्धमा थियौं, आज फेरि हामी आफूलाई घायल पाइरहेका छौं ।’
प्रधानमन्त्री देउवालाई मत दिए पनि सत्ता संघर्ष गरेको प्रताडित र उत्पीडित समूहले आम जनताको समूहलाई सम्बोधन गर्न नसक्ने ठाकुरले बताए । अध्यक्ष ठाकुरले आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको पनि स्मरण गराए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।