प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा लाग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्धका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
त्यस्तै कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन पनि उनले निर्देशन गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।