शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी


  • आइतबार, साउन ३ २०७८
12.5K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।

सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा विश्वासको मत लिने तयारी छ ।

देउवा निकट स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ ।

ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागिएको स्रोतले जनाएको छ ।

देउवा निकट स्रोतले भन्यो, ‘रात रहे अग्राख पलाउँछ, एमालेका माधव नेपाल समूहका केही नेता पार्टी एकता भन्दै विश्वासको मत नदिने पक्षमा उभिन लागेका छन् । अहिले माधवजी विश्वासको मत दिएर संसद जोगाउन दृढ भएकै बेला विश्वासको मत लिइहाल्ने कुरा भएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा