कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि कुटपिट गर्ने सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताहरुलाई तीन दिनभित्र कारवाही गर्न सभापति शेरवहादुर देउवाले निर्देशन दिएका छन् ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि देउवाले २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र कारवाही टुंगो लगाउन निर्देशन दिएका हुन् ।
शुक्रवार कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतका भाइ तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, हरिशरण श्रेष्ठ लगायतका कार्यकर्ताले क्रियाशील सदस्य आफूहरुले सिफारिस गरे बमोजिम हुनुपर्ने नमानेपछि कुटपिट गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।