प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् । दुवै मन्त्रीले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइसकेको स्रोतले जनाएको छ ।
खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् । माओवादी संसदीय दलका नेता भरत साह मन्त्री र सांसद रुबी कर्ण राज्यमन्त्री बन्दैछन् । साह महोत्तरी क्षेत्र १ (१)बाट निर्वाचित र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन् । आजै दिउँसो ३ बजे शपथ ग्रहणको समय तोकिएको छ ।
‘हिजोसम्म कृषि र अर्थमन्त्रालयमध्ये कुनै एक मन्त्रालय दिने कुरा थियो’, माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साह भन्छन्, ‘तर आज आन्तरिक मामिला तथा सञ्चार मन्त्री दिने कुरा सुनेँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।