नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको छ ।
सिन्धुपाल्चोकको क्रियाशील सदस्यतालाई लिएर घिमिरेमाथि कुटपिट भएकोहो । घिमिरेका अनुसार राप्रपाबाट आएका भनेर १२०० जनालाई क्रियाशील दिइएको छ । तर यसबारे उजुरी आएपछि समितिले मान्यता दिन सकेन ।
१३औं महाधिवेशनको क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारी छ । यसलाई लिएर केन्द्रीय सदस्य मोहन बस्नेतले शुक्रबार विहान फोन गरेर धम्की दिएको छानविन समितिका सदस्य घिमिरेले बताए ।
दिउँसो यसबारे छलफल गर्नुछ भन्ने केही मानिसहरु आएको र त्यही क्रममा कुटपिट गरेको घिमिरेले बताए । भन्छन्, ‘एक्सेर गर्दा चोट त देखिएको छैन, तर ढाड दुखेको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।