कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्दै साउन ४ गतेको लागि लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान मिति २०७८/०३/२९ गतेदेखि मिति २०७८/०४/०२ गतेसम्म सञ्चालन गर्ने भनिएकोमा स्वास्थ्य कार्यालय, काठमाडौंमा हाल मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अब अर्को सूचना नभएसम्मको लागि मिति २०७८/०४/०२ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको व्यहोरा सबैको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।’

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।