नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई उत्तरी छिमेकी चीनले राजदूतमार्फत बधाई दिएको छ ।
राजदूत होउ यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना व्यक्त गरिन् ।
भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको थियो ।
साथै, राजदूत यान्छीले कोभिड–१९ महामारी र विकासका क्षेत्रमा नेपाललाई सघाउन चीन तयार रहेको समेत प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन् । तर, प्रधानमन्त्री नियुक्त भएको चार दिन बितिसक्दा पनि अन्तर्राष्ट्रिय समकक्षीबाट बधाई भने आएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।