मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

वृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा


  • शुक्रबार, साउन १ २०७८
6K
SHARES

फाइल तस्विर

सभामुख अग्नि प्रसाद सापकोटाले दलहरुबीच वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले समग्र राष्ट्रिय परिस्थितिलाई विचार गर्दा फेरि पनि वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताए ।

हामीले आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नको लागि र संविधान जारी भएपछि जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि हरेक हिसाबले बृहत राष्ट्रिय एकताको खाँचो छ,’ उनले भने ।

यही साउन ३ गते बोलाइएको संसद अधिवेशनको तयारीबारे स्थलगत अवलोकन गर्न उनी संसद भवन पुगेका हुन् । उनले संसद भवनको सभाकक्ष लगायतको अवलोकनसमेत गरेका छन् ।

संसद अधिवेशन सुरु हुनुअघि शुक्रबार सभामुख, सांसद लगायतको एन्टिजेन परीक्षण पनि गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा