शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बिहीबार चीनबाट थप १० लाख डोज भेरोसेल खोप आउँदै, कोभ्याक्सबाट थप ३ लाख ५० हजार डोज आउने


  • शुक्रबार, साउन १ २०७८
9.8K
SHARES

फाईल तस्बिर

आगामी दुईसाताभित्र चीनबाट कोभिड–१९ विरुद्ध न्यूनतम ३० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ ।

सोहीअनुसार नेपाल वायुसेवा निगमले उडान तालिका तय गरेको छ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले आउने बिहीबार थप १० लाख खोप आउने जानकारी दिए । बुधबार निगमको वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

पौडेलका अनुसार चीनसँग खरीद गरिएका खोप लिन यही साउन ६ गते पौनै ६ः०० बजे गएर अर्को दिनअर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ ।

यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ ।

चीन सरकारसँग ननडिस्क्लोजर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो ।

यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा