एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
‘मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ’, अध्यक्ष ओलीले भने, ‘हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।