मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

एमाले बैठक शुरू,ओलीले भने- अबको कार्यदिशा संगठन र संघर्ष


  • शुक्रबार, साउन १ २०७८
9.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा शुरू भएको छ । प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो ।

बैठकको शुरुआत गर्दै ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताए ।
ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा ओलीले भने, ‘न्याय पाउने ठाउँबाट अन्याय भयो हामी कत्ति पनि नआत्तिएर जनतामा जान्छौं । पार्टीका नीति र विचार लिएर जान्छौं । अबको प्राथमिकता संगठन र संघर्ष हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा