भन्सार छली ल्याइएका १६ वटा राँगासहित प्रहरीले बर्दीयाको गुलरिया नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका– ११ का ३३ वर्षीय अब्दुल सलाम गद्दी र २४ वर्षीय वसिम गद्दी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी राँगा ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी तथा पशुपंक्षी विकास कार्यालयसहितको संयुक्त टोलीले उनीहरूलाई राँगासहित पक्राउ गरेको हो ।
अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।