शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हामी विश्वासको मत दिन्छौँ, ढुक्क हुनुस् : माधव नेपाल


  • बिहिबार, असार ३१ २०७८
8.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति एवं नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।

बुधबार नेपालकै निवास कोटेश्वरमा भेटवार्ताका लागि पुगेका प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरुले विश्वासको मत दिने नेता नेपालले आश्वासन दिएका हुन् ।

स्माचार स्रोतका अनुसार देउवालाई ढुक्क हुन नेता नेपालले भनेका छन् । स्रोतले भन्यो, ‘तपाई ढुक्क हुनुस्, हामी तपाईलाई विश्वासको मत दिन्छौं ।’

विश्वासको मत आफ्नो समूहले दिने बताउँदै प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावनाअनुसार काम गर्न सुझाव नेता नेपालले दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा