मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा २ हजार ९०५ जनामा संक्रमण पुष्टि


  • बुधबार, असार ३० २०७८
14.1K
SHARES

फाइल तस्बिर

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार १०८ जनाको पीसीआर परीक्षणबाट २ हजार १० र ४ हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जना गरी जम्मा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो मंगलबार १ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १२ जना संक्रमितले ज्यान गुमाएको थिए ।

हिजोको तुलनामा आज संक्रमित र मृतकको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा