प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।
देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि भेटेर बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।