शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

यसरी बन्दैछ धरहरा


  • मंगलबार, जेष्ठ २१ २०७६
29.1K
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा निर्माण गर्ने अठोट गर्नुभएको थियो । दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री ओलीले गत पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्धा्रित समयभित्र नै धरहराको निर्माण कार्य सकिने लक्ष्यसहित काम भइरहेको बताउँदै तालिका अनुसार नै निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिए । धरहरा निर्माणमा अहिलेसम्म ४० करोड रुपियाँ खर्च भइसकेको छ ।

अहिले धरहराको टावर ठड्याइने क्षेत्रको ‘राफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यही फाउन्डेसनमा नै धरहराको टावर निर्माण हुने भएकाले ‘राफ्ट फाउन्डेसन’ निर्माण कार्य महत्वपूर्ण मानिने गरिन्छ । त्यसैगरी, ‘अन्डरग्राउन्ड’ निर्माण गरिने दुई तल्ला भवनको समेत फाउन्डेसन निर्माणको कार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा