मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

एमाले स्थायी कमिटी बैठक अनिश्चित, कार्यदलको सहमति के होला ?


  • बुधबार, असार ३० २०७८
5.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ ।

मंगलबार नै बस्ने भनिएको बैठक अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले स्थगित भएको थियो । आजको बैठकको स्थान र समय निर्धारण भइनसकेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएकाले बैठक बस्ने सम्भावना कम रहेको तामाङले बताएका छन् । तथापि भ्याइएको खण्डमा आजै बैठक बसेर केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने उनले बताए ।

बैठकमा पार्टी एकताका लागि कार्यादलमा भएको १० बुँदे सहमति अनुमोदन गर्ने यसअघि बताइए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल-खनाल समूहसँग ओली रुष्ट छन् ।

ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल-खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिसकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा