शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकको निर्णय


  • मंगलबार, असार २९ २०७८
14.5K
SHARES

फाइल तस्विर

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सवै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो ।

बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

बैठकले कोरोना लगाएत बिभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि दिएको मन्त्री कार्कीले बताए ।

उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।

यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

देउवालाई मुख्यसचिव शंकरदास वैरागी एवं सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा