जापानले कोभ्याक्स कार्यक्रममार्फत् नेपालसहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपालसहितका मुलकलाई अनुदानमा दिने घोषणा गरेका हुन् ।
उनले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदास्वरुप उपलब्ध गराइने छ ।
जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महिनाभित्र पठाइने विदेशमन्त्री मोटेगीले बताएका छन् । मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०/१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताएका छन् । उनका अनुसार बिहीबार उक्त डोज खोप सम्बन्धित मुलुकमा पठाइनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।