शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

काठमाडौँ महानगरको सौन्दर्यका लागि मध्यम कदका वृक्ष


  • सोमबार, जेष्ठ २० २०७६
21.6K
SHARES

काठमाडौँ महानगरपालिकामा फूल, बोटबिरुवा व्यवस्थापन र हेरचाह गर्दै आएकी उर्मिला पोखरेल फूलको बिरुवाका लागि प्रायः महानगरले तोकेको नर्सरीकै भर पर्छन ।

सडकमा लगाउने बिरुवाका लागि भने उनी वन कार्यालयमा उपलब्ध मध्यम उचाइका बिरुवा छनोट गर्नुहुन्छ । ललितपुर र भक्तपुरमा पनि यस्तै चलनबाट बिरुवा छनोट हुने गरेको छ ।

काठमाडौँ उपत्यकालाई हरियाली सौन्दर्यको उपत्यका बनाउन यहाँ अवस्थित काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाको छुट्टाछुट्टै बृहत् योजना छन् तर हरियाली सहर निर्माण गर्दा उपत्यकाको जैविक विविधता र नेपालको जैविक विधिताको संरक्षण गर्ने तवरले भने भएको छैन ।

यसरी बिनाकुनै मापदण्ड फूल, बोटबिरुवा लगाइने गरेको पुष्टि काठमाडौँ महानगरपालिका, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा