मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

शीतलनिवास र बालुवाटारको आवेशको निर्णयलाई सर्वोच्चले सच्यायो : कांग्रेस


  • सोमबार, असार २८ २०७८
8.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसले शीतलनिवास र बालुवाटारको आवेशको निर्णयलाई सर्वाेच्च अदालतको फैसलाले सच्याएको प्रतिक्रिया दिएको छ । संविधानविपरीत हुने गरी एकपछि अर्का प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सर्वोच्चले सच्याएको कांग्रेसको भनाई छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको प्रतिक्रिया दिए । ‘यो शीतलनिवास र बालुवाटारको आवेशले गरेको निर्णयलाई सर्वोच्चले विवेकसम्मत फैसलाद्वारा सच्याएको छ,’ प्रवक्ता शर्माले भने, ‘लिकबाहिर लैजान खोजेको संविधानलाई सर्वोच्चले ट्रयाकमा ल्याएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा