शनिबार, साउन ९ २०८३
ताजा अपडेट

किन बढाइयो काठमाडौंमा सुरक्षा तैनाथी ?


  • सोमबार, असार २८ २०७८
10.4K
SHARES

फाइल तस्विर

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

सर्वोच्च अदालत वरपर र मुख्य चोक-चोकमा हतियारसहितका प्रहरीको टोली खटाइएको छ । सर्वोच्च अदालतको मुख्य गेट बाहिर र भित्र पनि सुरक्षाकर्मीहरुको संख्या अघिल्ला दिनहरुको तुलनामा धेरै देखिएको छ ।

नेपाल प्रहरीका एक जना अधिकृतले सर्वोच्च अदालतबाट रिटको पक्ष वा विपक्षमा जस्तो फैसला आए पनि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको बताए ।

सर्वोच्च अदालतको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीहरुले आगन्तुकलाई केरकार गरेर मात्रै भित्र प्रवेश दिने गरेका छन् । ‘सर्वोच्चको गेटमा ड्युटीमा खटिएका प्रहरीले आगन्तकुलाई सोधपुछ गर्नु नियमित जस्तै हो, तर आज अलि धेरै नै कडा गरिएको रहेछ,’ एकजना कानुन व्यवसायीले भने ।

यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिन पनि सुरक्षा तैनाथी बढाएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा