शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अब कोरोना खोप अभियान कार्यक्रम नियमित !


  • आइतबार, असार २७ २०७८
9.9K
SHARES

फाईल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अब नियमित सञ्चालन हुने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबारको नियमित प्रेस ब्रिफिङमा चीनबाट खोप आउने क्रम जारी रहेको भन्दै नागरिकलाई खोप लगाउने कार्यक्रम अब नियमित हुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै खोप अभावमा कोही पनि तड्पिन नपर्ने भन्दै सन् २०२१ भित्र सबैजसो नागरिकलाई खोप लगाइसक्ने बताएका थिए ।

सरकारले ४० लाख खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग ‘नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सोही सम्झौता अनुसार पहिलो लटमा ८ लाख खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याउने सरकारको योजना छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा