सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ ।
कार्यदलका नेताहरु आइतबार विहानदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफलमा छन् । दिउँसो कार्यदलका सदस्य घनश्याम भुसाल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । आइतबार साँझ कार्यदलका सदस्य विष्णु पौडेल बैठक स्थलबाट बाहिरिएका छन् ।
कार्यदलका एक सदस्यका अनुसार छलफल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा अडिएको छ ।
स्रोतका अनुसार ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिइने उल्लेख गर्नुपर्ने प्रस्ताव गरेको छ ।
तर वरिष्ठ नेता नेपालले अदालतलाई प्रभावित पार्ने वा हस्ताक्षर फिर्ता गर्ने कुनै शब्द सहमतिमा राख्न आफू तयार नभएको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।